नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद, वर्गीय संयोजकमा मनोज निर्वाचित

पाेखरा | जेठ १३, २०८३

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद, वर्गीय संयोजकमा मनोज निर्वाचित

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । 

 

पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित भएका हुन् ।

 

बुधबार भएको निर्वाचनमा प्रतिष्पर्धी हरिशरण केसीलाई ५ सय ६६ मतान्तरले पराजित गर्दै सिटौला अध्यक्षमा विजयी भए । 

 

विजयी भएका सिटौलाले १ हजार ३० मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी केसीले ४ सय ६४ मत प्राप्त गरे । यसअघिको कार्यसमितिमा सिटौला वरिष्ठ उपाध्यक्ष थिए ।

 

७ उपाध्यक्षमा चन्द्रा ओझा ७८३, डम्बरराज पन्त ६९३, आत्माराम थापा ६३१, कान्छाराम थिङ ६१०, कान्छाराम बल ५८५, जितबहादुर भारती ५५६ र रामप्रसाद सुवेदी ५३९ मत ल्याएर विजयी भए । उपाध्यक्षमा १३ जनाबीच भएको प्रतिस्पर्धा भएको थियो ।

 

महासंघको उपाध्यक्ष (मालवाहक)मा यादवलाल श्रेष्ठ ७६ मत प्राप्त गरेर विजयी भए भने पराजित नविन प्रजापतीले ६३ मत प्राप्त गरे ।

 

महासचिवमा डेकनाथ गौतमले ६ सय ९८ मत ल्याएर विजयी भए । ३ उपमहासचिवमा देविन श्रेष्ठ ८४१, भानुभक्त बराल ७६१ र पुरुषोत्तम सिंखडाले ६१३ मत ल्याएर विजयी भए ।

 

३ सचिव पदमा उमेश केसी ५९९, चेतप्रसाद गौतम (अर्जुन) ७६१ र टंकप्रसाद बस्यालले ६१३ मत ल्याएर विजयी भए । सचिवमा ७ जनाबीच भएको प्रतिस्पर्धा भएको थियो ।

 

कोषाध्यक्षमा राजेन्द्र आचार्य ७१६ मत ल्याएर विजयी भए ।

 

म​हासंघको १४ सदस्यमा समीक्षा गुरुङ, अर्जुन श्रेष्ठ, गोपाल कार्की, दीपक बोहोरा, अशोककुमार चौधरी, प्रकाश तिवारी, कृष्णप्रसाद सुवेदी, गणेशराज पाण्डे, पदमराज सापकोटा, गणेशबहादुर गुरुङ, हरिभक्त श्रेष्ठ, टेकेन्द्र राई, भुपेन्द्र खड्का र हेमराज दाहाल विजयी भए ।

 

यस्तै वर्गीय संयोजक (ढुवानी) मा मनोज कुमार रसाइली र वर्गीय संयोजक (ट्याक्सी) मा प्रकाशमणी तिवारी निर्वाचित भएका छन् ।
 

अर्को समाचार

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ ।   अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...

थप पढ्नुहोस्

रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

थप पढ्नुहोस्

कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

थप पढ्नुहोस्